२०७९ जेष्ठ ८ आईतवार

छोरीलाई खुसी खोज्न कतार पुगेकी सविता आज काठको बाकसमा फर्किईन।

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सडक दु’र्घटनामा नि,धन भएकी नुवाकोटकी सविता रुम्बा तामाङको शव नेपाल ल्याईएको छ ।नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतार र नेपालबाट वैदेशिक रोजगार उद्धार नेपालको पहलमा

नेपाली राजदूतावास दोहा कतारको समन्वयमा मृतक तामाङको शब नेपाल पठाउन सफल भएको घेदुङ कतारका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङले मृ’तक शव नेपाल पठाउन सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ।

मृ’तक तामाङको शव बुधबार बिहान ००:४५ बजेकाे कतार एयरलाइन्सको उडानमा मार्फत नेपाल पठाएर परिवार तथा आफन्तको उपस्थितिमा काठमाडौं स्थित पावन तिर्थस्थल स्वयम्भूमा बुधबार दिउसोको ३:०० बजे बौद्ध विधि अनुसार अन्तेस्टी गरिएको घेदुङ कतारका

निबर्तमान अध्यक्ष तथा वैदेशिक रोजगार उद्धार नेपालको कतार प्रतिनिधि एक्का प्रसाद तामाङ (योगेन्द्र)ले बताए। तिहार लगतै घर बिदा सकाएर कतार गएकी ऊनी काठको बाकसमा फिर्ता आउछ भनेर कसले सोचेको थियो होला ऊनीकि दिदि सावित्री तामाङले भाबुक हुँदै बताईन।

नुवाकोटको साविक ओखरपाैवा – ६, हालको ककनी गाउँपालिका-२, निवासी सविता रुम्बा तामाङकाे १२ नाेभेम्बर २०२१ शुक्रबारका दिन कतारमा सडक दुर्घ’टनामा परि नि,धन भएको थियो।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 1 Minute 131 Views

ताजा समाचार