२०७९ जेष्ठ ८ आईतवार

भक्तपुरमा यिनै रहेछन् जेनिशाको ज्या’न लिने दुई पुरुष

भक्तपुर : घाँ’टी रे’टे’र महिलाको ह’ ‘त्या गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । फागुन २३ गते जिल्लाको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको ला’स फेला परेको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर नगरपालिका-१० थलाछे बस्ने ४४ वर्षीय रमेश भनिने कुमार लामा र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-४ चौबास स्थायी घर भई हाल भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेका अनुसार निज मृतक महिला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ नवलडाँडा स्थायी वतन भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीय जेनिशा नगरकोटी रहेको खुलेको जनाए । यसअघि महिलाको पहिचान हुन सकेको थिएन ।

उक्त घटनामा मृतकको चक्कुले घाँ’ ‘टी रे’ ‘टी ह’ ‘त्या ग’रेको अनुसन्धानबाट देखिएकोमा सं’लग्न व्यक्तिलाई खोजतलास गरी पक्राउ गरेको पाण्डेले जनाए ।

प्रहरीका अनुसार जेनिशा र कुमार एउटै घरमा डेरा गरी बस्ने छिमेकी हुन्। जेनिशा केही महिनादेखि श्रीमान्‌सँग टाढिएर बस्दै आएको र कुमारसँग नजिकिएको अनुसन्धानका क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। श्रीमान्‌सँग टाढिएकी जेनिशा र कुमारको सम्बन्ध बढ्दै गएर शा’री’रि’क स’म्ब’न्ध समेत हुँदै आएको थियो।

कुमार र नवराज साथी भएका कारण कुमारको कोठामा आउँदा जाँदा जेनिशासँग चिनजान भएको र सोही क्रममा जेनिशा र नवराजबीच पनि स’म्ब’न्ध बढ्दै गएको अनुसन्धानमा खुलेको प्रनाउ पाण्डेले बताए।

भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्या न मुद्दामा सात दिन म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२०७८ फाल्गुन २७, शुक्रबार प्रकाशित 1 Minute 113 Views

ताजा समाचार