२०७९ जेष्ठ ८ आईतवार

काठमाडौंको काडाँघारीबाट मेयरका छोरा प’क्राउ,,,,

फागुन २८ , काठमाडौँ । ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । (अपडेट तल छ)

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् । घोराही-तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

निर्माण व्यवसायी पाण्डेविरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो । नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केहीदिन अघिमात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए । पटक-पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको उनले बताए ।

प्रशासनमा पनि उजुरी निर्माण व्यवसायी अनुप पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन् । ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । पाण्डेविरुद्ध सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । उनका अनुसार प्रशासनमा आएको उजुरी निवेदन चार लेन सडक आयोजना लमहीमा पठाइएको बताए । ‘यो विषय आयोजनासँग सम्बन्धित भएकाले छलफलबाटै विवाद टुंग्याउन आयोजनामै पठाएका छौं,’ उनले भने ।

घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।

अनुप पाण्डे काठमाडौंबाट पक्राउ, ठकेदार अनुप पाण्डे ठगी मुद्दाको जाहेरी परेपछि काठमाडौंको काडाँघारीबाट पक्राउ परेका छन्। लुकिछिपी बसेका पाण्डेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

पक्राउपछि पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको एसपी काफ्लेले जानकारी दिए। पाण्डेविरूद्ध विभिन्न व्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 1 Minute 126 Views

ताजा समाचार