२०७९ जेष्ठ १० मंगलवार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृ’त्यु,,,,

चितवन : चितवनमा मोटरसाइकल दुर्घटना हँुदा तीन जनाको मृ’त्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै

गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हँुदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृ’त्यु भएको हो ।

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता

प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । प्रहरीका अनुसार तृप्ति र आर्यन आमा छोरा हुन्।

मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फाइल तस्विर

२०७८ फाल्गुन २९, आईतवार प्रकाशित 1 Minute 144 Views

ताजा समाचार