२०७९ जेष्ठ ८ आईतवार

१८ महिने बालिकालाई झाडीमा लगे ! त्यसपछी बियरको बोतल…..

काठमाडौं, फागुन २९ – मोरङको सुन्दरहरैचा-७ मा अर्धचेत अवस्थामा भेटिएकी १८ महिने बालिकाको मृत्यु भएको छ । उनीमाथि ब’लात्कार भएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी १८ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।

उपचारको क्रममा शनिवार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृ’त्यु भएको हो । सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाका अनुसार बालिकाको ब’लात्कार भएको हो । यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेका थिए ।

‘गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । शनिवार मृ’त्यु भयो,’ उनले भने । बेलुका ४ बजेबाट हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएपछि अस्पताल लगिएको उनले बताए । अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट थियो ।

दुई जना पक्राउ , डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।

गाँजाको सुरमा बलात्कार पछि हत्या, फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेको प्रहरीको भनाइ छ । अजय चौधरीले बलात्कार गरेको र बालिका रुन थालेपछि पीडितको टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि मिथुन चौधरीले समेत करणी गरी पीडितलाई सोही स्थानमा छाडी फरार भएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

२०७८ फाल्गुन ३०, सोमबार प्रकाशित 1 Minute 267 Views

ताजा समाचार