२०७९ जेष्ठ १० मंगलवार

चर्चीत कार्यक्रम सक्किगोनीका पाँडेका भतिज ‘जयन्ते’ कलाकार गोविन्द कोइरालालाई ” पुत्र लाभ!

चर्चीत कार्यक्रम सक्किगोनीका पाँडेका भतिज ‘जयन्ते’ कलाकार गोविन्द कोइरालालाई ” पुत्र लाभ!

चर्चीत हाँस्य टेलिश्रृखला सक्किगोनिका पाँडेको भतिज अर्थात गोबिन्द कोइराला जयन्ते काे घरमा खुशी छाएको छ। उनकाे परिवारमा पुत्र लाभ भएकाे छ। हार्दिक बधाई ।

हिमालयन टेलिभिजन बाट हरेक साताको बिहीबार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला सक्किगोनी एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । सक्किगोनी भन्दा अगाडि भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् ।

भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शकहरूले निकै मन पराएका हुन्छन् । उनले बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका, हा हाहा भन्ने शैली धेरैको मुखमा नै झुण्डिएको पाइन्छ । भद्रगोल सुरु भएपछि २ भागमा उनले अभिनय गर्ने मौका पाएका थिए ।

४ भाग पछि उनले पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका थिए ।कृषि पत्रकारको भूमिकामा भद्रगोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ ।

तर गोविन्द कोइरालाको वास्तविक जीवन भने रोलमा देखिए भन्दा ठिक उल्टो छ । सक्किगोनी सिरियल हेर्ने दर्शकहरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् ।रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुकमा लभ परेर भएको बताउँछन् । श्रीमती मनिता घिमिरे सँग प्रेम विवाह गरेका उनको अहिले दुई सन्तान पनि छन् ।

२०७८ चैत्र २, बुधबार प्रकाशित 0 Minutes 196 Views

ताजा समाचार