२०७९ जेष्ठ ८ आईतवार

माओवादीले एक वडाध्यक्ष पनि जित्दैन, प्रचण्डलाई म्यादी प्रहरीमा भर्ती गरिदिए हुन्छ’- मुकुन्द

‘माओवादीले एक वडाध्यक्ष पनि जित्दैन,प्रचण्डलाई म्यादी प्रहरीमा भर्ती गरिदिए हुन्छ’- मुकुन्द

काठमाडौं । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे)ले माओवादीले कतै एउटा वडाध्यक्ष पनि नजित्ने दावी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै घिमिरेले लेखेका छन् ‘जेठ ४ गते स्थानीय चुनाव हुने भो, माओवादीले कतै एउटा वडाध्यक्ष मात्रै पनि जित्ने होइन, त्यसैले माओवादीका जति प्रचण्ड सर्चण्ड सबैलाई म्यादी प्रहरीमा भर्ती गरिदिए हुन्छ।’

०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने रत्नपार्क छोडेर एक कोठामा बसी ट्विटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार ।

यो पनि चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग, ६ गतेदेखि आवेदन दिन पाइने । काठमाण्डाै – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् ।

नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भर्ना हुन आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अवकाश पाएका, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका र विगतमा म्यादी प्रहरीमा छनाेट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ र पोसाकबापत ६ हजार रुपैयाँ पाउनेछन् ।

चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक हजार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा गरिदिने सूचनामा उल्लेख छ ।

२०७८ चैत्र ३, बिहीबार प्रकाशित 1 Minute 94 Views

ताजा समाचार