२०७९ जेष्ठ ८ आईतवार

वटा ६ वटा प्रमाण भेटीएपछि १४ वर्षसम्मको सजाय माग,,,,,,

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर (नवलपरासी पूर्व) ले कम्तीमा पनि ६ वटा प्रमाणहरु जुटाएर कलाकार पल शाहविरुद्ध कर णी को मुद्दा दायर गरेको छ । प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी कर णी अभियोगमा अधिकतम (१४ वर्ष) कैद सजायको मागदावी गरिएको छ ।

पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाहसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए । त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर कर णी गरेको अभियोगमा उल्लेख छ । त्यो व्यहोरालाई पीडितले प्रहरीसँगको बयानका क्रममा समेत पुष्टि गरेकी छन् ।

खाता रोक्का :अभिनेता शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ ।

जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ ।

पलको बयान :तर, अभिनेता शाहले भने आफूले कर णी गरेको कुरालाई अस्वीकार गरिरहेका छन्।

पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई–तीन महिनापछि पीडितले आफूलाई फोन गरी बाहिर स’म्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच वि’वाद भएको जनाएका छन् ।

वि’वाद बढ्दै जाँदा ‘तिमी आफ्नो तरिकाले गर भनि वा’दवि’वाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ ।

उनले बयानमा भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन।
रिसोर्टमा आफूले पीडितलाई मा’प’से गराई कर णी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् ।

बयान, होटलको इन्ट्री बुक लगायत सबैले घटना भएको भनिएको बेला पीडित नाबालिका र आरोपित शाह दुबैले घटना भएको होटलमा उपस्थित भएको स्थापित भएको देखिन्छ ।

२०७८ चैत्र ४, शुक्रबार प्रकाशित 0 Minutes 168 Views

ताजा समाचार