२०७९ जेष्ठ ८ आईतवार

जर्मन नागरिक आशिका तामाङको हर्कतले सीमा नाघ्यो, पाता कस्न माग,,,

काठमाडौं। नेपाली मूलकी जर्मन नागरिक आशिका तामाङले नेपालका राजनीतिक दलका नेता र व्यक्तिलाई लक्षित गरेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरेकी छिन्।

धादिङ माइत भएकी तामाङले जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमा बस्दै आएकी छिन्। जर्मनीमा बसेर नेपाल र नेपालीहरूका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेर भड्काउने हर्कत गर्दै आएकी छिन्।

फेसबुकमा जर्मन नागरिक तामाङले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेर लेखेपछि कारबाहीको माग उठ्न थालेको छ। तामाङले नेपालको भन्दा पनि जर्मन र जर्मनीका नागरिकको चिन्ता लिनुपर्ने सुझाव छ।

उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध शुक्रबार आपत्तीजनक स्टाटस लेखेकी छिन्। ‘अस्ति एमसीसी पास गर्ने बेला अमेरिकी सेना नेपाल आयो भने मलाई थानकोट कटाइयोस् भन्दै हुनुहुन्थियो त गगन थापा ज्यू’, तामाङले फेसबुकमा स्टाटस र तस्वीर राखेर लेखेकी छिन्।

जर्मन नागरिक तामाङले आफूलाई स्वघोषित समाजसेवी बताउने गरेकी छिन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका उच्च नेता तथा व्यक्ति एवम् कलाकारहरूविरुद्ध पनि सामाजिक सञ्जालमा लेख्ने गरेकी छिन्।

जर्मन नागरिक तामाङले हिन्दूधर्मको अपमान हुने गरेर फेसबुकमा समेत तस्वीर र स्टास लेखेकी छिन्। विदेशी नागरिकलाई हिन्दूधर्मको अपमान गर्ने अधिकार कसले दियो? प्रश्न उठेको छ।

तामाङले एमसीसीको विरोध गरेर जथाभावी लेख्ने गरेकी छिन्। जर्मन नागरिकलाई नेपालको आन्तरिक विषयमा जथाभावी बोलेको भन्दै सामाजिक सञ्जालमा कारबाहीको माग उठेको छ।

प्रतिनिधि सभाले एमसीसी अनुमोदन गरिसकेको छ। नेपाली नागरिकले एमसीसीको विषयमा के गर्ने भन्ने अधिकार राख्छन्। जर्मन नागरिकलाई एमसीसी वा नेपालको आन्तरिक विषयमा जथाभावी बोल्ने अधिकार छैन।

जर्मन नागरिक तामाङलाई सामाजिक सञ्जालमार्फत मुख सम्हाल्न चेतावनी आएको छ। अन्यथा जर्मन सरकारसँग कुरा गरेर तामाङलाई कारबाहीसम्मको तयारी केही युवाहरूले गरेका छन्।

२०७८ चैत्र ५, शनिबार प्रकाशित 0 Minutes 201 Views

ताजा समाचार