२०७९ जेष्ठ १० मंगलवार

हजुरबुवाले बनाए नातिनीलाई गर्भवती..

काठमाडौ। सङ्खुवासभाको चैनपुर नगरपालिका–७ की मीना लिम्बू (परिवर्तित नाम) ले सानैमा आमा–बुबा गुमाइन्। तर तीनभाइ काकाहरू र हजुरबुबा–हजुरआमा भएका कारण उनले टुहुरी अनुभूति गर्न पाएकी थिइनन्। अझ काकाले आफ्ना दुई छोरी हुँदाहुँदै पनि मीनालाई लिखितम् गरेरै पालनपोषण गर्ने प्रतिबद्धता जनाएपछि त उनले आफूलाई भाग्यमानी नै ठानेकी थिइन्। काका–काकीले पालनपोषणको जिम्मा लिए पनि उनी आफूलाई जन्म दिने आमाबुबाको शेष जहाँबाट सकियो त्यहीँ अर्थात् हजुरबुबा–हजुरआमा बसेको घर (मूलघर) मा बस्न थालिन्। मूलघर र काकाको घर केही मिनेटको दूरीमा थियो। त्यसैले कहिलेकाहीँ काकाको घर पुग्थिन्। प्रायःजसो मूलघरमा हजुरबुबा–हजुरआमा अनि फुपूहरूसँग बस्थिन्।

दुई फुपूहरू कक्षा नौ र १० मा पढ्थे। मीना कक्षा चारमा पढ्थिन्। तर हजुरबुबाले भने आफ्ना छोरीहरू (मीनाका फुपू) लाई मात्र विद्यालय पठाउँथे। मीनाले भने घर–गोठकै काममा दिन बिताउनुपर्थ्यो। सबैले खाना खाएपछि मात्र मीनाले खान पाउँथिन्। सबैका जुठा भाँडा मोल्नुपर्थ्यो। यसैले पनि उनी पढ्नबाट बञ्चित थिइन्। स्कुल जान नपाउँदा साथीहरूसँग भेट गर्न नपाउँदा उनी एकोहोरीजस्तै भएकी थिइन्।
मीनाका हजुरबुबा उमेरले ६८ वर्ष पुगिसकेका थिए। मीना उनका जेठा छोराकी छोरी हुन्। हजुरबुबा धामी–झाँक्री थिए। कतै धामी बसेर आउँदा मीनालाई फलफूल मिठाइ, राटी ल्याइदिन्थे। यसैले मीना हजुरबुबा, हजुरआमाको मायाबाट मख्ख थिइन्। तर उनका हजुरबुबाको नजर भने मीनाको नवयौ’वनमा परिसकेको थियो।

मीना हुर्किनेक्रममा थिइन्। १४ वर्षीय मीनामाथि उनका हजुरबुबाको कुदृष्टि परिसकेको थियो। हजुरबुबा धामी बसेर प्रायः राति आउने। पहाडको घर, ढोकाविहीन कोठामा एक्लै सुत्ने गर्थिन्, मीना। मुलघरमा उनको कोठामा मात्र होइन, केही परतिर रहेको फुपूहरूको कोठामा पनि ढोका थिएन । हजुरआमा टाँडमाथि सुत्थिन्। २०७८ साल असार ७ गते राति। धामी बसेर फर्किएका हजुरबुबा मीनाको कोठामा छिरे। मीनामाथि ज’बर’ज’स्ती कर‘णी गरे। मीनाको चि’त्का’र अरूले थाहा पाएनन्। कर’णीपछि रुन थालेकी मीनालाई उनका हजुरबुबाले पि’ट्ने ध’म्की दिए। कसैलाई भनेको खण्डमा मा’रि’दि’ने भन्दै दाह्रा कि’टे। ‘धामी हुँ, जे पनि गर्न सक्छु’ भन्दै त्रास देखाएपछि डराएकी मीनाले कसैलाई भन्ने आँट गरिरन्। त्यतिकै पनि पढ्न नपाउँदा एकोहोरिएकी मीनामाथि पटक–पटक उनका हजुरबुबाले ‘हैकम’ जमाए। कहिले माया गरेजस्तो गरेर कर णी गरे, कहिले ध’म्की दिँदै कर’णी गरे। लगातार चार महिना मीना उनका हजुरबुबाको यौ‘नक्रियाको सि’का’र बनिन्।

मीना शा’री’रि’क बनोट ठुली भए पनि मानसिक रूपमा उनी नाबालिग थिइन्। उनले सिक्न धेरै बाँकी थियो। विद्यालय जान नपाएपछि उनको सिक्नेक्रममा विश्राम लागेको थियो। झन्, घर–गोठको काम अनि हजुरबुबाको ध’म्कीका कारण केही नयाँ कुरा सिक्ने उत्सुकता पनि म’रि’सकेको थियो। मीना यतिसम्म अन्जान थिइन् कि, उनलाई यौ’न स’म्ब’न्धबाट बच्चा जन्मिन्छ भन्ने थाहा समेत थिएन। म’हि’ना’वा’रीको विषयमा उनी धेरै जानकार थिइनन्। महिनावारी रोकिँदा गर्भ बस्छ भन्ने उनलाई थाहा थिएन। घरिघरि काकाको घर जाँदा उनकी काकीले महिनावारीका बारेमा सोध्थिन्। जसमा उनले निरन्तर भइरहेको बताउँथिन्। तर मीना दिनानुदिन अस्वस्थजस्तो देखिएपछि उनकी काकीले स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी लगिन्। परीक्षणपछि मीना गर्भवती रहेको पत्ता लाग्यो । काकीले केरकार गरेपछि उनले डरका बाबजुत पनि हजुरबुबाले कर’णी गरेको सुनाइन्। गाउँले मीनाको मुलघरमा भेला भएपछि सुरुमा त उनका हजुरबुबाले अस्वीकार गरे। मीनाले आफूलाई ध’म्की दिएर कर’णी गरेको सुनाएपछि उनका हजुरबुबाले स्वीकारेर लिखित् रूपमा हस्ताक्षरसमेत गरे।

पछि प्रहरीसमक्ष केस पुगेपछि भने मीनाकी हजुरआमा लगायत केही आफन्तले उनीमाथि नै लाञ्छाना लगाए। ‘गाउँगाउँ डुल्ने, कति दिनसम्म हराउने गरेको’ आरोप लगाउँदै मीना अरूकै गर्भ बोकेको उनीहरूको आरोप थियो। वृद्ध उमेरकी मीनाकी हजुरआमाले इलाका प्रहरी कार्यालय, चैनपुरमा भनिन्, ‘मेलापात गोठालामा अरू कोहीसँग सुतेकी होली। कति रात यो घर आउँथिन। कता हराउँथी। मेरा वृद्ध उमेरका पतिले यस्तो गर्नै सक्नुहुन्न। उहाँले त अभिभाकत्व दिनुभएको छ।’

घटना श’ङ्का’स्प’द देखिएको भन्दै प्रहरीले मीनाको डिएनए परीक्षण गर्ने निर्णय गरेको थियो। सङ्खुवासभामा डिएनए टेस्टका लागि नमुना सङ्कलन गर्न सम्भव नरहेपछि उनलाई विराटनगरस्थित कोसी अस्पताल ल्याइयो। कोसीमा डाक्टरहरू उपलब्ध नभएपछि उनलाई पुनः धरान फर्काइयो। धरानमा पनि डिएनएको स्याम्पल कलेक्सन गर्ने चिकित्सक उपलब्ध नभएपछि उनी विराटनगरमा रहेको एबिसी नेपालको शरणमा पुगिन्। मीनासँगै आएकी उनकी काकी डिएनका लागि दुई दिन अस्पताल धाउँदा पनि सफल नभएपछि ग’र्भ’पत’न गराउने निचोडमा पुगिन्।

सबैतिर छलफल गरेपछि उनी ग’र्भ’पत’न गराउने निधोमा पुगेकी थिइन्। किनकि, ती अबोध मीनाले बच्चा जन्माउन सहज थिएन। त्यसमाथि मीनालाई सुत्केरी गराउँदा उनको ज्या’नै तलमाथि हुनसक्ने जोखिम थियो। अनि सन्तान जन्माउँदा पालनपोषणको जिम्मेवारीका विशेष सवालहरू बाँकी नै थिए। यसैले मीना र उनकी आमा कोसी अस्पतालमा ग’र्भ’पत’न गराउन पुगे। मीना गर्भपतनका लागि तयार थिइन्। हजुरबुबाको नाजायज सन्तान फा’ल्नका लागि बेडमा सुतिसकेकी थिइन्। उसैगरी चिकित्सकहरू उनको ग’र्भप’तन गराउन तयार थिए। तर एक्कासि मीनाकी काकीलाई प्रहरीको फोन आयोे। कानुनी रूपमा ग’र्भप’तत’न गराउन नमिल्ने भनेर प्रहरीले फोन गरेपछि उनले ‘हामीलाई यो बच्चा चाहिएको छैन। फेरि नाबालिकालाई सुत्केरी गराउँदा उसको मृत्यु भयो भने को जिम्मेवार?’ भन्दै प्रश्न गरिन्। अन्नतः कानुनी परिबन्धका कारण मीनाले सन्तान जन्माउनै पर्ने बाध्यता भयो।

कानुनी परिबन्धले सुत्केरी :मीना एबिसी नेपालमा करिब अढाइ महिना बसिन्। पुस १६ गते उनकी काकीले एबिसी र प्रहरी प्रशासनको सहमतिमा उनलाई काठमाडौँ पुर्‍याइन्। एबिसीमा आश्रित अन्य पीडितहरूसँगको घुलमेलमा आफ्नो पीडा भुल्ने प्रयासमा रहेकी मीनालाई काकीले काठमाडौँस्थित आफन्तको संरक्षणमा राखेकी हुन्। काठमाडौँ बसाइको अढाइ महिनापछि उनी सुत्केरी बनेकी छन्। आइतबार मात्र मीनाले छोरा पाएको एबिसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले जानकारी दिइन्। ‘उनले छोरा पाएको सुनेकी छु, ’उनले भनिन्, ‘उनका परिवार हामीसँग निरन्तर सम्पर्कमै छ। कानुनी बा’ध्यताका कारण उनले सन्तान जन्माउनु पर्ने अवस्था आएको हो।’

एबिसी नेपालकी कार्यक्रम अधिकृत मीना श्रेष्ठका अनुसार ब’लात्का’र अभियोग लागेका ती वृद्ध भने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा थुनामा रहेका छन्। प्रहरीले थुनामै राखेर उनीमाथि अनुसन्धान गरिरहेको जनाउँदै उनले ती वृद्धकी पत्नी र गाउँलेका कारण मुद्दा गि’जोलिएपछि डिएनए टेस्ट गर्नुपर्ने अवस्था आएको बताइन्। ‘प्रहरीले शङ्कास्पद देखेपछि डिएनए टेस्ट गर्नुपर्ने निर्णय गरेपछि ती अबोधमाथि थप पी’डा परेको छ, ’उनी भन्छिन्, ‘कानुनी प्रावधानले डिएनएका लागि बच्चा पाउनैपर्ने बाध्यता देखाइदियो।’ यो समाचार केटीएमदैनिकमा मीनप्रसाद शर्माले लेखेका छन्। तस्विर फाइल

२०७८ चैत्र ६, आईतवार प्रकाशित 0 Minutes 204 Views

ताजा समाचार