२०७९ जेष्ठ १३ शुक्रबार

काठमाडौँको बागबजारमा कुटिकुटी ह’त्या,,,

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ। उनीहरूको साथबाट ११ लाख रुपैयाँसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

गएराति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट छ लाख ९८ हजार ८४५ रुपैयाँ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ।

यता, काठमाडौं महानगरपालिका–१५ कारखाना चोकस्थित मञ्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकका ४९ वर्षीय दोर्जे तामाङलगायत आठ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद तीन लाख ६१ हजार रुपैयाँ तथा तीन बुक ताससहित पक्राउ गरेको हो। यसैगरी काठमाडौँ महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राईलगायत १० जनालाई गए राति पक्राउ गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ।

महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु ४० हजार ९०० र तीन बुक तास बरामद गरेको छ। तीनै वटा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ।

बागबजारमा कुटेर एक युवकको हत्या, काठमाडौँको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समूहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् ।

सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एक जना युवकको बिचमा सुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुने गरी कुटेका थिए ।

उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०७८ चैत्र ७, सोमबार प्रकाशित 0 Minutes 165 Views

ताजा समाचार