२०७९ जेष्ठ ८ आईतवार

लेटाङमा प्र’हरीमाथि स्थानीयवासीको आक्रमण एकजना प्रहरी जवानको मृ’त्यु,,,,,

लेटाङमा १३ वर्षीय बालिकालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गर्दा ८ जना प्रहरी घाइते भएका छन् । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत बालिकालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै पीडित बालिकाका आफन्त र गाउँले आइतबार दिउँसो विद्यालय घेराउ गर्न पुगेका थिए ।

सो लगत्तै प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरी ८ जना प्रहरीलाई घाइते तुल्याएको प्रदेश १ प्रहरी प्रवक्ता नवीनराज राईले बताए । उनका अनुसार घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि कोशी अस्पतालमा ल्याइएको एसपी राईले जानकारी दिए ।

कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई विद्यालयबाट इलाका प्रहरी कार्यालय लेटाङ ल्याएको छ । सोही क्रममा स्थानीयले लखेटी लखेटी प्रहरीमाथि ढुङ्गा मुढा र घरेलु हतियार प्रयोग गरेको बताइन्छ ।

२०७८ चैत्र ७, सोमबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार