२०७९ जेष्ठ १३ शुक्रबार

मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट १५ सय उठाइने,,

मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट १५ सय उठाइने,,,चैत ७, काठमाडौँ ।सरकारले विमानस्थलको दस्तुर नियमावली क्याबिनेट बैठकबाट पास गरेको छ ।

हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट एक हजार रुपैयाँ लिने व्यवस्था छ । केही समय अघिसम्म विमानस्थलमै त्यस्तो कर तिर्नुपर्ने व्यवस्था थियो भने पछि टिकटमार्फत् उक्त रकम उठाउन थालियो ।

त्यही एक हजारलाई अब भने १५ सय रुपैयाँ बनाइएको छ । यसो गर्दा बार्षिक सरकारलाई १५ अर्ब नाफा हुन्छ । हालसम्म काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ ।

पहिले एउटा विमानस्थललाई लक्षित गर्दै त्यहिबमोजिम दस्तुर नियमावली बनाइएको थियो । अब छिट्टै भैरहवा र पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडानको तयारी गरिएकाले उक्त नियमावलीको विद्यमान व्यवस्थामा संशोधन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 0 Minutes 224 Views

ताजा समाचार