२०७९ जेष्ठ ९ सोमबार

एमाले सांसद नविना लामाका बुवा मणिक लामा प’क्राउ,,,

नेत्रविक्रम चन्द विप्लव समूहमा रहेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले मणिक लामालाई पक्राउ गरी हिरासतमा राखेको छ । एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा लामालाई प्रहरीले हिरासतमा लिएको हो।

लामा एमाले सांसद नविना लामाका बुवा हुन्। तीन साताअघि नै प्रहरीले लामालाई भक्तपुरबाट पक्राउ गरेको थियो। भक्तपुर परिसरले अभद्र मुद्दामा अनुसन्धान गरेको थियो। परिसरका अनुसार जिल्ला प्रशासन कार्यालयबाट मुक्त हुनेबित्तिकै लामालाई पक्राउ गरी पुन: महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको हो।

दुई सातायता बानेश्वर वृत्तको हिरासतमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीमाथि बम तथा विस्फोटक पदार्थको कसुरमा अनुसन्धान गरिएको र अहिले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गर्ने तयारी गरिरहेको बुझिएको छ।

पेप्सीकोलामा बम फेला परेपछि नेपाल प्रहरीको विशेष ब्युरोसमेतले अनुसन्धान गरेको थियो। अनुसन्धानमा लामा जोडिएपछि अदालतबाट अनुमति लिएर प्रहरीले हिरासतमा राखेको थियो।

हाम्रो अनुसन्धान लगभग सकिएको छ, अहिले सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने।

लामा पहिले विप्लव माओवादीमा केन्द्रीय सल्लाहकार थिए। अहिले उनी कुन हैसियतमा छन् भन्ने यकिन हुन सकेको छैन। लामालाई बम राख्ने, धम्क्याउँदै चन्दा संकलन गर्ने गरेको आरोप पहिलेदेखि नै थियो। पार्टी नीतिविपरीत काम गरेको आरोप पनि लामालाई छ। दुई सातायता बानेश्वर वृत्तको हिरासतमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 0 Minutes 91 Views

ताजा समाचार