२०७९ जेष्ठ ९ सोमबार

यीनै हुन् दुई करोड ५५ लाखको पुरस्कार पाउने भाग्यमानी नेपाली युवा: सबैजनाले बधाई दिनुहोला

यीनै हुन् दुई करोड ५५ लाखको पुरस्कार पाउने भाग्यमानी नेपाली युवा: सबैजनाले बधाई दिनुहोला

विश्वमै दुर्लभ हिउँचितुवाको अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले विश्व चर्चित ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन्। २ लाख स्विस फ्रयांक नेपाली २ करोड ५५ लाख राशिको यो पुरस्कार पाउने हुम्लाका लामा पहिलो नेपाली अनुसन्धानकर्ता हुन्.कान्तिपुर दैनिकका अनुसार रोलेक्सले सोमबार उक्त पुरस्कार पाउने ५ जनाको नाम घोषणा गरेको हो।

रोलेक्सले पुरस्कार जित्ने पाँचै जनालाई भविष्यका अभिभावक नामांकन गरेको छ.वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो युवक लामाले त्रिविबाट बीएस्सी र जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका छन्।

द थर्ड पोल कन्जर्भेन्सीमा संरक्षण कार्यक्रम निर्देशक रहेका उनी माउन्टेन स्पिरिट नामक स्थानीय संस्थामा सक्रिय छन्.हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा ७ वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्डलाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र गत वर्ष सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पाएका थिए.हिमाली क्षेत्रमा हिउँ चितुवालगायत वन्यजन्तुले निम्त्याउने क्षति न्यून गर्न उनले ‘क्यामरा ट्रयाप’ विधि अपनाएका छन्।

हिउँचितुवा, ब्वाँसो, कालो भालु, जंगली चौंरी, कस्तुरी मृगलगायतका हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षणमा उनले पु¥याएको योगदानस्वरूप रोलेक्सले पुरस्कृत गरेको हो.रोलेक्स अवार्डले संरक्षणको आवाज उठाउन र युवाहरूलाई सक्रिय बनाउन सहयोग गर्ने अपेक्षा गरेको छु, उनले भने, ‘यो पुरस्कारले स्थानीयहरूले असाधारण रूपमा नेतृत्व लिन सहयोग गर्नेछ!!

२०७८ चैत्र ९, बुधबार प्रकाशित 0 Minutes 171 Views

ताजा समाचार