२०७९ जेष्ठ १३ शुक्रबार

लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किदा, मोटरसाइकलमा आगो लाग्यो !!

लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किदा, मोटरसाइकलमा आगो लाग्यो !!

काठमाडौँ — भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । सिन्धुपाल्चोकबाट काठमाडौं आइरहेको प्रदेश–३–०१ ०२३ च २३५६ नम्बरको शववाहनले विपरीत दिशातर्फ आउँदै गरेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

शववाहनसँग ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भेषकुमार श्रेष्ठ घाइते भएका छन् । उनको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल नम्बर र चालकको परिचय भने खुलेको छैन। सिन्धुपाल्चोकबाट शव लिएर आउँदै गरेको शववाहनले मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

थप: नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि नवलपरासी लागिएका अभिनेता पल शाहलाई पुनः जिल्ला प्रहरी कार्यालय तनहुँमा ल्याइएको छ ।

गत फागुन २४ गते अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गैंडाकोट लागिएका शाहलाई मंगलबार दिउँसो तनहुँ ल्याइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 0 Minutes 88 Views

ताजा समाचार