२०७९ जेष्ठ १३ शुक्रबार

दुखद खबर : भर्खर बस दुर्घटनामा परि १ बालकको मृत्यु, ३० जना घाइते..

दु:खद खबर : भर्खर बस दुर्घटनामा परि १ बालकको मृत्यु, ३० जना घाइते..
प्युठान | प्युठानमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृ त्यु भएको छ ।

माण्डवी गाउँपालिकाको तारिवाङमा प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घ टना भएको हो । दुर्घटनामा परि अन्य ३० जना घाइ ते भएका छन् ।

दुर्घटनामा एक जना बालकको मृ त्यु भइसकेको र थप विवरण आउन बाँकी रहेको स्थानीयलाई उदृत गर्दै दुर्घटनास्थलमा पुगेका पत्रकार राजेन्द्र रावत क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते र मृत क सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा लगिएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई दाङको बगंलाचुली लैजाने तयारी भइरहेको छ ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 0 Minutes 148 Views

ताजा समाचार