२०७९ जेष्ठ १० मंगलवार

विमानस्थल नजिकै प्लाष्टिकले बेरिएको अवस्थामा युवकको शव भेटियो

काठमाडौ । बाँकेको नेपालगञ्जको विमानस्थल नजिकै एक युवकको शव शंकास्पद रूपमा फेला परेको छ। बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका(३ स्थित विमानस्थलको पूर्वी गेटबाहिर एक युवकको

शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए। प्रहरीले मृतकको पहिचान पनि खुलेको जनाएको छ ।

उनका अनुसार मृ तक ३० वर्षीय बालकृष्ण वली हुन्। उनको शव प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटना शंकास्पद भएको न्यौपानेले बताए।

प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको हुँदा शंकास्पद रहेको प्रहरीले जनाएको छ। उनी यस अघि विभिन्न कारणले पटक पटक पक्राउ परेका ब्यक्ति भएको प्रहरीले जनाएको छ ।

उनी ड्र ग घटनामा पक्राउ परेका थिए । बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 0 Minutes 196 Views

ताजा समाचार