२०७९ जेष्ठ १३ शुक्रबार

शंखमूलमा युवामाथि खुकुरी प्रहार गर्ने ५ जना प’क्राउ,,,,,

काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।

मंगलबार ललितपुरको महालक्ष्मीथान बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८/९ जनाको समूहले खुकुरी प्रहार गरेको थियो। अपराध महाशाखाको टोलीले रामेछापको मन्थली नगरपालिका १३ का १९ वर्षीय राजेश

बुढाथोकी, दोलखाको नाम्दु गाउँपालिका ६ का ३४ वर्षीय रोशन लामा, भक्तपुरको मध्यपुरठिमीका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकको बतासे गाउँपालिका ९ का २३ वर्षीय प्रविण नेपाल र रामेछापको खाँडादेवी गाउँपालिका ३ का २७ वर्षीय संजिव मोक्तानलाई पक्राउ गरेको हो।

उनीहरुबीच आर्थिक कारोबार र प्रेम सम्बन्धि विषयमा बिबाद भएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए। घटनामा संलग्न दोलखाका विकाश लामा लगायत फरार छन्। प’क्राउ परेका ५ जनालाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ।

थप: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरे मात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताएका छन्।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 115 Views

ताजा समाचार