२०७९ जेष्ठ ८ आईतवार

धरौटीमा छुटेनन् पल शाह, थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश !!

नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

थप: नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले मितव्ययिता अपनाउनका लागि प्रदेशका मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जानुपर्ने बताएका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले सरकार मितव्ययी बन्नुपर्ने बताए ।

गठबन्धनको सरकार बनेपछि मन्त्री मण्डलको आकार ठूलो भएपनि संविधान विपरीत भने नभएको उनको भनाइ थियो । ‘सरकार मितव्ययी र पारदर्शी ढंगले चल्नुपर्छ,’ उनले विभिन्न देशमा साइकलमा मन्त्री हिँडेको समाचार आफूले सुनेको बताउँदै भने, ‘हाम्रा मन्त्रीहरुले पनि साइकल चढेर मन्त्रालय जाँदा हुन्छ ।’

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 0 Minutes 99 Views

ताजा समाचार