२०७९ जेष्ठ ८ आईतवार

काठमाडौं आउँदै गरेको बसमा आगलागी,,,,,

शनिबार,काठमाडौं आउँदै गरेको बसमा आगलागी, कस्तो छ अवस्था ।

काठमाडौंका लागि छुटेको छुटेको ना८ख २३५६ नंको बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस शुक्रबार बिहान ७:३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसो ३:४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो’, उनले भने, ‘दमकलले आगो निभाए पनि बस पूर्णरुपले जलेको छ ।’

आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए ।

२०७८ चैत्र १२, शनिबार प्रकाशित 0 Minutes 139 Views

ताजा समाचार