२०७९ जेष्ठ १० मंगलवार

भएको एकमात्र भाइको पनि मृ’त्यु भएपछि, बुबाको काजक्रियामा ६ छोरी

पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काज’क्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा नि’धन भएपछि उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काज’क्रिया गरिरहेका छन् ।

दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मे’वारी निभाउँदै काजक्रिया गरिरहनुभएको छ । एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृ’त्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छो’रासरह नै छोरीले जिम्मेवारी पूरा गर्न का’जक्रिया बसेको साहिली छोरी प्रेमकुमारी बताउँछिन् ।

साईली छोरी प्रेमकुमारीले बाबाको अचानक मृ’त्यु हुँदा अन्यौलताका बीच दिदीबहिनीहरुको सल्लाहमै का’जक्रिया कर्ममा लागि परेको बताइन्। उनी भन्छिन्, ‘हामीसँग दाजुभाई नभएता पनि दिदीबहिनी जुटे जे पनि गर्न सक्छौं भन्ने लागेर पुण्य’कर्ममा लागिपर्यौं।’ ६ दिदीबहिनीका एक भाईको १० वर्षको उमेरमा लडेर मृ’त्यु भयो। तर पनि मगर संस्कार अनुसार छोरा नभए पनि छोरी पनि छोरा समान काम गर्न सकिन्छ भनेर आफूहरु क्रि’यामा बसेको मनकुमारीले बताइन्।

साधारण परिवार भएका का’रण पद्यपब्लिक नमूना माविका विद्यार्थी तथा विद्यालयले क्रिया’कर्ममा सहयोग समेत गरेको छ। यहाँका स्थानीयहरुले समेत छोरीहरुले गरेको कार्यको खुलेर प्रशंसा र सामाजिक, आर्थिक सह’योग गर्दै आएका छन्। पद्यपब्लिक नमूना माध्यमिक विद्यालय तानसेनका प्रधानाध्यापक नारायणप्रसाद शर्माले आर्थिक अव’स्था कमजोर भएता पनि समाज परिवर्तनमा दिदीबहिनी सबल बनेको बताए। उनले भने, ‘हामी विद्यार्थीहरुसँगै घरमै पुगेर केही सहयोग गर्यौं, समाजमा रहेको अन्धवि’श्वास चिर्न नानीहरु सफल छन्।’

स्थाानीय टोपबहादुर हिस्कीले सुरुमा आफूहरु अन्यौल’तामा रहेको भएता पनि दिदीबहिनीको आँट, साहसले समाज परिवर्तन गर्न सक्ने बताए। ६ दिदीबहिनी मध्ये तीन जनाको घर’जम भैसकेको छ। अन्य तीन जना अध्ययन गर्दै छन्। मनकुमारी हिस्की कक्षा १२ मा र सिर्जना हिस्की कक्षा १० मा पद्य’पब्लिक नमूना मावि तानसेनमा अध्ययन गर्दै आएका छन्। खेमकुमारी हिस्की स्था’नीय शम्भु माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्छिन्।

राती सुतेको अवस्थामा ६७ वर्षीय बाबु रेवत हिस्कीको अचानक मृत्यु भएसँगै सबै दिदीबहिनी सल्लाह गरेर नै मगर समुदायमा चलन रहेको सात दिनसम्म काज’क्रिया गर्न लागिपरेका हुन्। ६ दिदीब’हिनीकी आमा टुनासरा र मृतकका माईलो भाई दमबहादुर हिस्की पनि उनीहरुसँगै क्रि’यामा सामेल छन्। इताजा खबरबाट

२०७८ चैत्र १२, शनिबार प्रकाशित 0 Minutes 137 Views

ताजा समाचार