२०७९ जेष्ठ १३ शुक्रबार

उच्च अदालत पोखरामा पल शाहको पुनरावेदन,,,

पोखरा — एक नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पूर्पक्षका लागि थुनामा रहेका पूर्णविक्रम शाह (पल) ले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

पलका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालत थुनछेक आदेशविरुद्ध मंगलबार निवेदन दिएका हुन्। तनहुँ जिल्ला अदालतको चैत १ को आदेशले पल शाहलाई पूर्पक्षका लागि जेल चलान गरेको थियो।

उक्त आदेश खारेज गरिपाउँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ।

थप: सोमबारमात्रै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका अनन्तराम घिमिरेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतोको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेले आफूलाई ज्यान मा’र्ने सम्मको धम्की आएको संकेत गरेका हुन्।

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 1 Minute 97 Views

ताजा समाचार