२०७९ जेष्ठ ८ आईतवार

नवलपुरमा बस र ट्रक दुर्घटना हुँदा १५ जना घाइते,,

नवलपुर। पूर्वी नवलपरासीको पूर्व पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वार्ड नम्बर -१५ अमरापुरीमा बस र ट्रक ठोककिदा दुर्घटना । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट काठमाण्डौतर्फ ) आउँदै गरेको लु २ ख ४२३४ नम्बरको रात्रि बस ट्रकको पछाडी ठक्कर खाई दुर्घटना भएको हो।

दुर्घटनामा हुँदा बसमा सावर ४० जना मध्य १५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले बताएको छ। घाईतेहरूलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर, चितवन पठाईएको प्रहरीले बताएको छ।

ट्रक र ट्रक चालकलाई भने अस्थायी प्रहरी पोष्ट बेल्डियाले नियन्त्रणमा लिएको र दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले बताएको छ। घाइतेहरूकाे विवरण १. जि. रुपेन्देही सियारी गा.पा. ७ बस्ने बर्ष ३२ को सुगम केवट, टाउको घुँडामा चोट अवस्था मध्यम २. जिल्ला गुल्मी छत्रकोट गा.पा ३ बस्ने बर्ष ४० को मिना भुसाल, घुँडामा चोट अवस्था सामान्य

३. जि. रोल्पा बस्ने बर्ष ३० को शेख ब. घर्ती मगर, टाउकोमा चोट अवस्था मध्ययम ४. जि. गुल्मि धुर्कोट गा.पा. ७ बस्ने बर्ष ४० को नारायण परियार, टाउको र घुँडामा चोट अवस्था मध्यम
५. जिल्ला रुपेन्देहि बुटवल उ.म.न.पा.१३ वस्ने बर्ष २३ को शिवहरी मरासैनी, टाउकोमा चोट अवस्था मध्यम ६. जि. पाल्पा बस्ने बर्ष २५ को मेख वहादुर चुहान, दुवै घुँडामा चोट अवस्था सामान्य

७. जि. गुल्मी धुर्कोट गा.पा. ३ बस्ने बर्ष २५ को अर्जुन परियार, घुँडामा चोट अवस्था सामान्य ८. जिल्ला गुल्मी वस्ने बर्ष ३० को राजु कुमाल, टाउकोमा चोट अवस्था मध्यम

९. जि. अर्घखाँची छत्रदेव गा.पा.-१ बस्ने बर्ष अं.३८ को किरण दाहाल, टाउको र मुखमा चोट अवस्था मध्ययम १०.जि. कालिकोट तिलगुफा न.पा.४ बस्ने बर्ष १९ को बसन्त शाही, टाउकोमा चोट अवस्था मध्यम ११.जि.प्युठान झिम्रुक गा.पा.१ बस्ने बर्ष २६ को शिव नेपाली, दुवै घुँडामा चोट अवस्था सामान्य

१२.बस चालक जि. गुल्मि रेसुङगा गा.पा.-४ बस्ने बर्ष ३२ को हेमन्तजंग बुढाथोकी, हात र खुट्टामा चोट अवस्था सामान्य १३. जि. रोल्पा लुम्रि गा.पा.-५ बस्ने बर्ष ४५ को धन बहादुर बिष्ट निधारमा र खिट्टामा चोट अवस्था मध्यम । १४. जि. गुल्मी छत्रकोट गा.पा.-३ बस्ने बर्ष ३१ को कृष्ण बहादुर गाहा घुँडामा चोट सामान्य १५.जि. गुल्मी दरवाङ गा.पा.- ६ बस्ने बर्ष २४ को शक्ति कुवर घुँडामा चोट अवस्था सामान्य

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 142 Views

ताजा समाचार