२०७९ जेष्ठ ८ आईतवार

काठमाडौमा फोहोरमा सालनालसहित मृत शिशु फेला ( तस्विर सहित)

काठमाडौं : काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो ।

अ’वैध रूपमा ग’र्भधारण गरेकी महिलाले ज’न्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । तस्विर तल हेर्नुहोस

थप: म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ ।

म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेहरुको मंगलबार शारीरिक परीक्षण गरिएको छ । शारीरिक परीक्षणमा उत्तीर्ण भएकाहरुको थप परीक्षा लिएर २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ ।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार