२०७९ जेष्ठ १३ शुक्रबार

नोबेल अस्पतालका चिकित्सक मृत फेला, हत्याको आशंका,,,,

नोबेल अस्पतालका चिकित्सक मृत फेला, हत्याको आशंका,,,,

विराटनगर — नोबेल शिक्षण अस्पतालको अर्थो विभागमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । अस्पतालअगाडि प्रेम बस्नेतको घरमा डेरा गरेर बस्दै आएका यादवको शव घरको गेटमा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

मुखबाट रगत निस्किएको र हातखुट्टामा चोट लागेको अवस्थामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

डेरादेखि वरपरको सडकमा रगतको टाटा देखिनुले यादवलाई बाहिरै हत्या गरिएको हुन शक्ने आफन्तलले आशंका गरेका छन् । प्रहरीले अहिले विशेषज्ञ कुकुर ल्याएर अनुसन्धान गर्ने तयारी गरेको छ ।

बंगलादेशबाट एमबीबीएस गरेका यादव विगत तीन वर्षदेखि नोबेलमा कार्यरत रहेको उनका मामा शम्भुप्रसाद यादवले बताए । सप्तरी विष्णुपुर घर भएका यादव परिवारका एक्ला छोरा हुन् ।

२०७८ चैत्र १९, शनिबार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार