२०७९ जेष्ठ १० मंगलवार

एमालेका नेता चढेको जिप सडकबाट खोलामा खस्दा घटनास्थलमै मृत्यु

बागलुङ : बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको थियो।
यस्तै देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। काठमाडौंमा दुई, कास्की, बागलुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक र बारामा भएका सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई दिदीबहिनीको मृत्यु भएको छ। आज बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ।

२०७८ चैत्र १९, शनिबार प्रकाशित 0 Minutes 217 Views

ताजा समाचार