२०७९ जेष्ठ ८ आईतवार

राजेन्द्र लिङ्देनका भाइले फिर्ता गरे सरकारी गाडी,,

काठमाडौ । निर्वाचनलाई मध्यनजर राखेर राप्रपाका एक जना जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका छन् । झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले सरकारी गाडी फिर्ता गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित उनले नजिकिँदै गरेको चुनावलाई मध्यनजर गर्दै गाडी फिर्ता गरेका हुन् ।

सरकारी सवारीसाधन र जनताले तिरेको कुरको दुरुपयोग नहोस् भनेर सरकारी गाडी फिर्ता गरेको उनले बताए । उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ हुन् । उनी पुनः गाउँपालिका अध्यक्षमा लड्ने तयारी गरेका छन् ।

यो पनि, स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । सरकारमा रहेका पाँच दलले तालमेल गरेर जाने गठबन्धनको निर्णयअनुसार प्रचारप्रसारलाई निरन्तर दिएका छन् भने नेकपा एमाले स्थानीय चुनावमा एक्लै जाने तयारीमा रहेको छ ।

सरकारले ३० वैशाखमा स्थानीय तहको मिति तोकेसँगै अछाममा पनि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् । जिल्लामा क्रियाशील ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । जिल्लाका १० वटै स्थानिय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

सोमबार जिल्लामा एक कार्यक्रमका बीच काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रवीन्द्र साउँद र एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 0 Minutes 162 Views

ताजा समाचार