२०७९ जेष्ठ ८ आईतवार

छोराको शव ५ वर्षदेखि काठमाडौ अस्पतालमा, बाबु न्यायको खोजीमा ! सानो जात हुनुको पी’डा,,,,,

काभ्रे पाँचखालका हरिभक्त ढकाल (मिजार) सँग पाँच वर्षयता कतिपल्ट न्यायालयको दैलो धाएँ भन्ने कुनै हिसाबकिताब छैन । न्यायको खोजीमा भौंतारिरहेका उनी यस्ता बाबु हुन्, जसका छोराको शव पाँच वर्षदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म छोराको अन्त्येष्टि नगर्ने अड्डीमा रहेका हरिभक्त जातीय विभेदकै कारण छोरा गुमाउनुपर्दाको साक्षी हुन् ।

हरिभक्तका छोरा अजितले गाउँकै पराजुली थरकी केटीसँग २५ असार २०७३ मा बिहे गरेका थिए । तर, २७ असारमै प्रहरीको बलमा पराजुली परिवारले उनीहरूलाई छुट्याइदियो । त्यसको तीन दिन नबित्दै ३० असारको बिहान अजित धादिङ कुम्पुर–३ परेवाटारस्थित त्रिशूली किनार सडकछेउमा रहेको दुईतले काठको प्रतीक्षालयमा मृ|त अवस्थामा फेला परे । प्रहरीले शवको पोस्टमार्टम गरेर गा’डेको बतायो । तर दुई दिनपछि गा”डेको ठाउँबाट शव निकालेर हेर्दा थाहा भयो, पोस्टर्माटम गरिएकै रहेनछ ।

प्रहरीले पोष्टमार्टम गरेर गा’डेको भनिएको शव २ साउनमा निकालियो । ४ साउनमा काठमाडौंको शिक्षण अस्पताल पोस्टमार्टम भयो । त्यसयता शव अस्पतालमै छ, मिजार परिवार न्याय नपाउन्जेल अन्तिम संस्कार नगर्ने अडानमा छ ।घटनापछि अजितका बुबा हरिभक्तले केटीका बुबा ध्रुव भनिने भोजबहादुर पराजुली, उनका भतिजा मनोजबहादुर पराजुली र दिदी सम्झना पराजुलीवि’रु’द्ध किटानी जाहेरी दिए । जाहेरीको एक महिनापछि २० भदौमा उनीहरू प|क्रा|उ परे ।

५ असोजमा जिल्ला अदालत धादिङको आदेशअनुसार टेकबहादुर पराजुली र सम्झना कार्की २५–२५ हजार धरौटी लिएर तारेखमा छाडेको थियो । २८ पुसमा पुनः भोजबहादुरलाई पनि २५ हजार धरौटीमै छाडिदियो । प्रहरीले अदालतमा पेस गरेको दुवै पटकको पोस्टमार्टम रिपोर्टमा ‘झु|न्डि|एको र मृ|त्युअघिका चो|ट नदेखिएको’ भन्ने थियो । तर, अदालतले प्राप्त सबुत र कागजातबाट अभियुक्तहरूलाई लगाइएको अभियोग दाबी अनुसारको वारदात स्थापित नहुने ठहर गर्‍यो ।

न्यायाधीश उमेश कोइरालाको एकल इजलासले २० जेठ ०७५ मा अभियुक्तहरूलाई सफाइ दियो । जिल्लाको फैसलामा चित्त नबुझेपछि हरिभक्तले उच्च अदालत पाटनमा पुनरावेदन गरे ।त्यसयता मु|द्दा उच्च अदालतमा छ । अजितको तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता मोहन शाशंकरले मृ|त|कको शरीरमा घाउचोट र नीलडाम भए/नभएको र अनुहारमा एसिडजन्य रसायन छ्यापिएको विषयमा पुनः परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

सो मागमा उच्च अदालतलका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सरलाकुमारी पाण्डेको इजलासले २२ मंसिर ०७७ मा शवको पुनः परीक्षण र त्यस्तो परीक्षणमा अजितका बुबा र अधिवक्ता मोहन शाशंकरलाई समेत साथ राख्नुपर्ने आदेश छ । तर, अस्पतालले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन । कान्तिपुरबाट साभर

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 0 Minutes 227 Views

ताजा समाचार