२०७९ जेष्ठ १३ शुक्रबार

आफ्नै साथीले ढुंगाले हानेर मारे कबितालाई,,,

गाईघाट – उदयपुरको बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राको ढुङ्गा प्रहारबाट हत्या भएको छ । साथीको ढुङ्गा प्रहारबाट ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनको शव मङ्गलबार बिहान यशोदा खोलानजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिए ।बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् । सरिता र कविता कोसी जनता माविमा सँगै अध्ययनरत थिए ।

सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुई जना मिलेर ढुङ्गाले हिर्र्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

विद्यालयका प्रधानाध्यापक सूर्यनारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् । (बुटवल दैनिक अनलाईन बाट)

२०७८ चैत्र २३, बुधबार प्रकाशित 0 Minutes 323 Views

ताजा समाचार