२०७९ जेष्ठ ८ आईतवार

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो, बैशाखदेखि लागु हुने,,

काठमाडौं :

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो।

बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ।

जारी एक सुचनामा भनिएको छ,‘२०७९ /१/ १ देखि लागू हुने गरी बागमती प्रदेश भित्र स‌ंचालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार समायोजन गरिएको छ।’

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडादर कायम गरेको छ।

यसैगरी उपत्यका बाहिरका स्थानमा चल्ने सवारी साधनमा भने २०७८ कार्तिक १ देखि यात्रुबाहक सवारीसाधनमा लागु भएको भाडामा १० प्रतिशत वृद्धि गरेको छ।

प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीले सुरुमा ५० र प्रति २०० मिटरको भाडादर १० रुपैयाँ, विद्युतीय ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 0 Minutes 108 Views

ताजा समाचार