२०७८ मंसिर १२ आईतवार

मरिन्छ तर MCC पास हून्न : भीम रावल

एमालेको संस्थापन पक्षले अमेरिकी सहयोग नियोग मिलेनि’यम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कुनै पनि हालतमा अस्वी’कार गर्ने संकेत दिएको छ ।

अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा जसरी पनि एमसीसी पास गर्न कस्सिएको एमाले सरकारबाट बाहिरिएसँगै विरुध्दमा उभिने देखिएको हो । आज च्यासलमा बसेको सो पार्टीको ललितपुर

महानगर कमिटी बैठकमा अध्यक्ष मन्जली शाक्यले वडा तहसम्म पुगेर एमसीसीको वि’रोध गर्ने बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृ’त्वको वर्तमान सरकार एमसीसी पास गर्नैका लागि आएको दाबी गर्दै उनले वडा(वडामा कमिटी बनाएर सशक्त विरो’ध गर्ने उद्घो’ष गरिन् ।

उनले राष्ट्रिय राजनीतिमा एक्लिन परे पनि आफूहरुले सही एजेण्डा उठाएका कारण आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई आश्वस्त समेत पारेकी छन् । ‘हामी अहिले एक्लै छौँ ।

तपाईंहरु नआत्तिनु होला । हामीसँग एजेन्डा छन्,अवश्य सफल हुनेछौं’, उनले भनिन् ।एमालेमा शाक्य रामबहादुर थापा समूहकी हुन् । गृहमन्त्री हुँदा थापासमेत एमसीसीको विपक्षमा उभिएका थिए ।

नेकपाको विभाजन र प्रतिनिधिसभा विघटन हुनुमा एमसीसी सम्झौतालाई समेत एउटा महत्वपूर्ण कारण मान्ने गरिएको छ । सम्झौतालाई लिएर पार्टीमा विवाद हुँदा तत्कालीन नेकपाले अध्ययन कार्यदल नै बनाउनुपरेको थियो ।

कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न पार्टीलाई सुझाव दिएको थियो । नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्ष ओली र ईश्वर पोखरेलबाहेक सबै एमसीसीको वि’रुध्दमा थिए ।|

सभामुख र पार्टीका नेताहरुको असहयोगका कारण एमसीसी संसदबाट अनुमोदन हुन नसकेको भन्दै ओली अहिलेसम्म पनि असन्तुष्ट रहँदै आउनुभएको छ ।-

– जन आस्था ओनलाइन पत्रिका

२०७८ श्रावण १६, शनिबार प्रकाशित 1 Minute 86 Views

ताजा समाचार