२०७९ जेष्ठ १३ शुक्रबार

दुखद खबर : भर्खरै मर्निङ वाकमा हिडेका १ जनाकाे हात्तीकाे आक्रमणबाट ज्या’न गयाे..

दुखद खबर : भर्खरै मर्निङ वाकमा हिडेका १ जनाकाे हात्तीकाे आक्रमणबाट ज्या’न गयाे..

इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

बिहान मर्निङ वाकमा निस्कनुभएका उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो ।

उहाँको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो ।

घरबाट करिब दुई सय मिटर टाढा उहाँलाई हात्तीले आक्रमण गरेको हो । फाईल तस्बिर

थप: चैत, बुटवल -रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकलका चालक सैनामैना नगरपालिका-३ का ३० वर्षीय कृष्णचन्द्र खनालको उपचारका क्रममा मृत्यु भएको हो ।भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२२प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलमा अनियन्त्रित भएर पल्टिँदा खनाल गम्भीर घाइते भएका थिए ।खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 323 Views

ताजा समाचार