२०७८ मंसिर १२ आईतवार

Kakao कम्पनीका मालिक कोरियाको सबै भन्दा धनी ब्यक्तिमा सूचीकृत

अंतरास्ट्रिय समाचार

दक्षिण कोरियाजस्तो विकसित र धनी देशकै सबैभन्दा धनी ब्यक्ति चाहिँ को होला त? धेरैको मनमा यो कौतुहलता हुन सक्दछ। केहि समय अघिमात्रै कोरियाको प्रख्यात मोबाईल एप्लिकेशन काकाओका फाउण्डर देशकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका छन। यो बर्ष उनको कम्पनीको सेयर मूल्य लगातार रुपमा बढ्दै गएपछि उनि देशकै सबैभन्दा धनी ब्यक्ति बन्न पुगेका हुन।

विश्वका धनाढ्ययहरुको सम्पतिको लेखाजोखा गर्ने ब्लुमबर्ग बिलिनियर्स इण्डेक्सले दिएको जानकारी अनुसार काकाओ कम्पनीका चेयरम्यान किम बुम सुको कुल सम्पति १३.४ बिलियन अर्थात १५.४ ट्रिलियन कोरियन वन पुगेको छ। किम अहिले ५५ बर्षका भए। कोरियाको सम्पतिका आधारमा उनि देशकै सबैभन्दा धनी व्यक्ति हुन। उनिभन्दा पछाडी सामसङ इलेक्ट्रोनिक्स कम्पनीका भाइस चेयरम्यान लि जे योङ रहेका छन। उनको कुल सम्पति १२.१ बिलियन डलर रहेको छ।

काकाओको सेयरमूल्य यो बर्षको जनवरी महिनादेखि यता करिब ९१ प्रतिशतले बढेको छ। कम्पनीको मूल्य यो बर्ष नै करिब ६ बिलियन डलर बराबरले बढेपछि उनि देशकै धनी व्यक्ति बन्न पुगेका हुन। काकाओ कम्पनीको मूल्य बढ्नुमा यसका सहायक विभिन्न कम्पनीहरुको सेयर यो बर्ष स्टक एक्सचेन्जमा लिष्टिङ हुनु हो। यस कम्पनीको सहायक कम्पनीहरु काकाओ बैंक अर्को महिनाबाट कोरियाको स्टक एक्सचेन्जमा सूचिकृत हुँदेछ।

किमले सन २०१० मा काकाओ टक नामक मोबाइल मेसेन्जरको सुरुवात गरेका थिए। कोरियामा अहिले यो मेसेन्जर एप नम्मर एक रहेको छ। त्यसपछि उनले मोबाइलमा आधारित बिभिन्न फाइनान्सियल सेवाहरु सुरुवात गरे। काकाओ कम्पनी अहिले कोरियाको स्टक एक्सचेन्जमा सूचिकृत स्थानिय कम्पनीहरुमा चौथो ठूलो कम्पनीको रुपमा रहेको छ। यो भन्दा ठूला सामसङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स र नेभर कम्पनी रहेका छन। काकाओ कम्पनीको बजार सूचिकरण अहिले ६६.३ ट्रिलियन वन अर्थात करिब ५७.६६ बिलियन डलर पुगिसकेको छ।

किमलाई आफैंले मेहेनत गरि बनेको बिलिनियरका रुपमा कोरियामा चिनिन्छ। उनि सामान्य परिवारमा जन्मेका थिए। उनका बुबाको सामान्य मासु पसल थियो। किमले सउल नेशनल युनिभरसिटीबाट ब्याचुलर र मास्टर्स डिग्री पास गरेका हुन। त्यसपछि उनि सामसङ कम्पनीमा आइटी डिपार्टमा काम गरे। उनि त्यहाँ हुँदा नेभर कम्पनीका फाउण्डर लि हे जिनसँगै रहेर काम गरेका थिए। किमले गत नयाँ बर्षको अवसरमा आफ्नो आधा सम्पति समाज सेवामा खर्च गर्ने बताएका थिए। गत मार्चमा उनि विश्वका धनाढ्य बिल गेट्स, वारेन बफेट ले सुरुवात गरेको गिभिङ प्लेज इनिसियटिभमा सहभागी हुने बताएका थिए। उनले समाज सेवामा काम गर्न आफ्नो कम्पनीको ५ सय सेयर बेचेर फाउण्डेशन खोलिसकेका छन।

 

२०७८ श्रावण १७, आईतवार प्रकाशित 1 Minute 97 Views

ताजा समाचार