२०७९ जेष्ठ १० मंगलवार

गोली बोकेर जापान उड्न लागेकी महिला विमानस्थलबाट प’क्राउ,

गोली बोकेर जापान उड्न लागेकी नेपाली विमानस्थलबाट प’क्राउ,,,,

काठमाडौं : गोली बोकेर जापान उड्न लागेकी तनहुँकी सोविता नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो। लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।

घ्यू रंगको लेडिज हाते व्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरे ए मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनिपर्स भित्र केएफ १३ ५.५६ लेखिएको एक राउण्ड गोली फेला परेको विमानस्थल सुरक्षा गणले जनाएको छ।

लगत्तै उनलाई पक्राउ गरिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 484 Views

ताजा समाचार