२०७९ जेष्ठ ८ आईतवार

जंगलमा घाँस काट्न गएका रामप्रसादलाई बाघले खायो !!

खैरहनिको कुमरोज सामुदायिक बनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।शनिबार बिहान घाँस काट्न गएका खैरहनी १२ का करिब ५५ बर्सिय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो ।सामुदायिक बनको जनकपुर पोस्ट नजिक उनलाई आक्रमण गरेको थियो । आक्रमण पछि धमलाको शब भने फेला परेको छैन ।उनको खोजी कार्य सुरु गरिएको बनका कार्यालय सचिब भरत नेपालले बताए ।

यो पनि पढ्नुहोस -नेपालमा पछिल्लो ६ महिनामा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको छ । विश्वव्यापीरूपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो।विश्व बजारमा कोरोना महामारी र रुस–युक्रेन युद्धको असर कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पर्दा सार्वजनिक यातायातको

भाडादर ६ महिनामै दोस्रो पटक बढेको छ।यसअघि, बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर काठमाडौं उपत्यकाको भाडादर वृद्धि गरेको थियो । सरकारले विसं. २०७५ सालयता यो वर्षको कात्तिकसम्म सार्वजनिक यातायातको भाडा बढाएको थिएन । जुन, यही वर्षको ६ महिने अवधिमै दोस्रो पटक बढेको हो ।

तर, यसपटक बागमती प्रदेश अन्तर्गत कै श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढाउँदै सोही दूरीमा यात्रा गर्ने यात्रुले २० रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको हो ।बागमती प्रदेश सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसको प्रभाव नेपालमा पनि परेको भन्दै भाडा बढाएको हो ।यसअघि, कात्तिक १ गतेदेखि बढेको भाडा अब २०७९ वैशाख १ गतेदेखि लागू हुनेछ ।

यो पछिल्लो ६ महिनामा दोस्रो पटक वृद्धि हो ।तेलसम्बन्धी जानकारी दिने वेभसाइट क्र्यूडआएल डटकमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा रुस–युक्रेनको युद्ध असरले कच्चा तेलको मूल्य प्रति ब्यारेल १०२ अमेरिकी डलर छ । यस्तै, नेपाली बजारमा पेट्रोलको मूल्य १६० रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर छ ।

पेट्रोलको मूल्यवृद्धिसँगै भाडादर समेत बढाउनुपर्ने भन्दै व्यवसायीहरूले माग राख्दै आएका थिए । यातायात व्यवसायीको मागलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाउने क्रममा उपत्यकामा पनि बढाएको जनाएको छ ।यसअघि, बागमती प्रदेशको भौतिक, पूर्वाधार विकास मन्त्रालयले उपत्यकाको भाडादर वृद्धि गरेको थियो । उक्त समयमा मन्त्रालयले ०–५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको थियो ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 161 Views

ताजा समाचार