२०७९ जेष्ठ १३ शुक्रबार

श्रीमानको ह’त्यापछि पाँच घन्टा हिँडेर आफैं प्रहरी चौकी पुगिन् महिला !!

कैलालीमा श्रीमानको हत्या गरेपछि एक जना महिला पाँच घन्टा हिँडेर आफैं प्रहरी चौकी पुगेकी छन्।

जिल्लाको दुर्गम मोहन्याल गाउँपालिका-१ मा पर्ने कर्णाली किनारको राक्सा गाउँकी ३३ वर्षीया थुमा थापा मगर सोमबार बिहान इलाका प्रहरी कार्यालय पन्डौन पुगेकी हुन्।

उनले प्रहरीलाई आफूले श्रीमानको हत्या गरेको बताएकी थिइन्। उनले बोरामा श्रीमानको टाउको पनि लिएर आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार थुमाले प्रहरीलाई आफ्ना श्रीमानले रक्सी खाएर सधैँ कुटपिट गर्ने भएकाले हत्या गरेको बताएकी छन्।

आइतबार राति पनि आफ्ना श्रीमान् नारायण बुढामगर रक्सी खाएर आएको र झगडा परेपछि आफूले हँसियाले हानेर मारेको थुमाले उल्लेख गरेकी छन्। राति बाह्र बजेतिर श्रीमानको हत्या गरेपछि आफू आत्मसमर्पण गर्न आएको उनले बताएको डिएसपी जोशीले बताए । प्रहरी अनुसन्धान बाट थुमा र नारायणबीच सधैं विवाद हुने गरेको पाइएको जोशीले बताए।

‘महिलाको बयानअनुसार श्रीमान् सधैं मदिरा पिउने, कुटपिट गर्ने, बेला-बेला झगडा परिरहेका कारण दु:ख पाउनु परेको भन्ने छ, घटनास्थलमा कार्य सकिएको छैन, यसबारे थप विवरण आउन बाँकी छ,’ उनले भने।
स्थानीयले पनि बिहानपख घटनाबारे थाहा पाए। घटना सुनाउन प्रहरी चौकीमा फोन गरेका थिए।

महिलाले पतिको टाउको छिनालेर प्रहरी चौकीमा आत्मसर्मपण गरेको यस प्रकारको घटना निकै दुर्लभ रहेको डिएसपी जोशी बताउँछन्। प्रहरीका अनुसार थुमा र नारायणका दुई छोरा छन्। छोराको लालनपालनमा थुमा बढी खटिन्थिन्।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली खटिएको छ। घटनास्थल मुचुल्का सकिएपछि महिलालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 209 Views

ताजा समाचार