२०७९ जेष्ठ ९ सोमबार

गायिका समीक्षा अधिकारी जोगी बन्ने (भिडियो सहित)

काठमाडौं : गायिका समीक्षा अधिकारी जोगी बन्ने (भिडियो सहित)

गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ ।

भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।

गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन् ।

थप: हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय !!
सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 0 Minutes 377 Views

ताजा समाचार