२०७९ जेष्ठ १३ शुक्रबार

छात्रालाई यौ’न दु’र्व्य’हार गरेको प्रिन्सिपललाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिए……

काठमाडौं :छात्रालाई यौ’न दु’र्व्य’हार गरेको प्रिन्सिपललाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएपछी……

छात्रालाई यौ’न दु’र्व्य’हार ग’रेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौ’नज’न्य दु’र्व्य’हार ग’रेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

शिक्षालयमा अध्ययनरत छात्रालाई पटक-पटक विभिन्न बहानामा यौ’नज’न्य दु’र्व्य’हार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौ’नज’न्य दु’र्व्य’हार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्वविका अध्यक्ष मोहन संग्रामले बताए ।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 158 Views

ताजा समाचार