२०७९ जेष्ठ ८ आईतवार

मोटरसाइकल दुर्घटनामा परी चार महिने शिशुको मृ’त्यु,,

चैत २९ – मोटरसाइकल दुर्घटनामा परी चार महिने शिशुको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन् । भक्तपुरको नलिञ्चोकमा साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिलाकी छारी लोसाङ डोल्लमाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएको शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ । यो पनि पढ्नुहोस -पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ को वडा कार्यालय भित्रै निजी व्यापार गर्ने गरेको पाइएको छ ।

वडा कार्यालय भित्र वडा कार्यालयकै कार्यकक्ष र विद्युत प्रयोग गरेर र फोटोकपी, लेखापढी लगायतका निजी व्यापार चलाउने गरेको पाइएको छ ।विगत एक बर्षदेखि वडा कार्यालयमा यसरी काम हुँदै आएको स्थानीयले बताए ।

कावासोती ९ का वडा सदस्य झलक शर्माले कार्यालय भित्र यसरी काम भएको स्वीकार गरे ।उनले भने – कार्यालयले तत्काल निशुल्क सेवा दिन नसकेको र सेवाग्राहीहरु फोटोकपी लगायतका सेवा लिन टाढा जानु पर्ने अवस्था भएकोले कार्यालयमै सेवाग्राहीहरुलाई फोटो कपी लगायतका सेवा दिन सञ्चालन गरेका हौं ।

२०७९ बैशाख १, बिहीबार प्रकाशित 1 Minute 119 Views

ताजा समाचार