२०७९ जेष्ठ १० मंगलवार

यी पुरुषसँग गायिका मेलिना राईले विवाह गर्दै,,

काठमाडौं :

दर्जनौं नेपाली फिल्म तथा सयौं आधुनिक सुपरहिट गीतकी लोकप्रिय गायिका मेलिना राई वैवाहिक जीवनमा प्रवेश गर्ने भएकी छन् । प्रेमी सन्जीव बराईलीसँगको फोटो शेयर गर्दै राईले ‘नयाँ शुरुवात’ लेखेकी छन् ।

उनका प्रेमी बराईली चर्चित तथा व्यस्त गितारिष्ट तथा म्यूजिक कम्पोजर हुन् । झापा निवासी बराईलीसँग केहि समय पहिले नै इन्गेजमेन्ट भईसकेको भएतापनि शुक्रवार मात्र उनले सम्बन्ध सार्वजनिक गरेकी हुन् । बताईए अनुसार उनिहरु दुई बर्षयता प्रेमसम्बन्धमा थिए ।

उनिहरुले यसैबर्ष विवाह गर्ने तयारी गरेका छन् । आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् ।

‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुँ,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्दैर्छौं ।’

सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन्।

२०७९ बैशाख ३, शनिबार प्रकाशित 0 Minutes 163 Views

ताजा समाचार