२०७९ जेष्ठ ८ आईतवार

राप्रपा अध्यक्ष लिङ्देनमाथि करोडौंको जग्गा हडपेको आरोप,,,,

राप्रपा अध्यक्ष लिङ्देनमाथि करोडौंको जग्गा हडपेको आरोप, के हो खास कुरा जान्नुहोस प्रमाण सहित (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

प्रकाशित मिति : ३० चैत्र, २०७८ । आफूसँग रहेको जग्गाधनी दर्ता श्रेष्ता पुर्जा देखाउँदै खिनमाया कट्टेल।(भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस) काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो । अहिले उक्त जग्गाको चलनचल्ती मूल्य प्रति कठ्ठा ५५ लाख रुपैयाँ छ । लिङ्देनले आफ्नै जिल्ला झापाको एक निम्न वर्गीय परिवाको जग्गा कब्जा गरेर विचल्ली बनाएको पीडित परिवारले गुनासो गरेको छ ।

२०२८ सालदेखि आफ्नो परिवारले जोतभोग गर्दै आएको र आफ्नै नाममा दर्ता कायम रहेको जग्गा जालसाजी गरी भूपू प्रधानपञ्च गोविन्द बस्नेतसँग मिलेर अर्काको नाममा दर्ता गराई जग्गा हडपेको पीडित परिवारका डिल्लीराम कट्टेलले कारोबारलाई बताए । बस्नेतले आफू प्रधानपञ्च रहेको समयमा कट्टेल परिवारले भोगाधिकार गरेको जग्गा अर्को गाउँपालिकाबाट दर्ता गराएको र त्यही कीर्ते कागजका आधारमा लिङ्देनलाई बिक्री गरेको कट्टेलले बताए ।

लिङ्देनले जग्गा लिन लागेको सूचना पाएसँगै कट्टेल परिवारले जानकारी गराउँदा उनले समस्या समाधान गर्ने आश्वासन दिएका थिए । तर, त्यसको एक महिना नबित्दै लिङ्देन स्वयंले जग्गा किनेको डिल्लीराम बताउँछन् । कसरी आइपुग्यो लिङ्देनको नाममा जग्गा ?

कट्टेल परिवारले २०२८ सालदेखि भोगचलन गरेको जग्गा साविक चारपाने गाविसबाट २०४६ साल असारमा मोरङ मधुमल्लाका टिकानाथ खड्काको नाममा नक्सा निकालेको देखिन्छ । खड्काको नामबाट २०५१ सालमा तत्कालिन प्रधानपञ्च गोविन्द बस्नेतकी श्रीमती विष्णुकुमारी बस्नेतको नाममा जग्गा आएको देखिन्छ । उक्त समयसम्म कट्टेल परिवारले यो विषयमा कुनै मेसो पाएन ।

सुकुम्बासी समस्या समाधान आयोगले २०६७ सालमा साविक अर्जुनधारा गाविसबाट डिल्लीरामका बुबा गजाधर कट्टेलको नाममा कित्ता नम्बर ३३५३ नम्बरको १ बिघा ३ कठ्ठा जग्गाको धनीपुर्जा उपलब्ध गराएको छ ।

“सुकुम्बासी समस्या समाधान आयोगले हामीलाई धनीपुर्जा उपलब्ध गराएपछि बस्नेत परिवार यो जग्गा आफ्नो दाबी गर्दै हामीसँग आयो,” कट्टेलले भने, “बस्नेत प्रधानपञ्च भएकै समयमा टिकानाथ खड्का नामको व्यक्ति खडा गरी जग्गा उसको नाममा ल्याएका रहेछन् ।”*

२०७९ बैशाख ३, शनिबार प्रकाशित 0 Minutes 975 Views

ताजा समाचार