२०७९ जेष्ठ १३ शुक्रबार

दुर्गेशको प्रतिक्रिया: ‘मेरो सिन काटेर फिल्म चल्छ भने चलोस्’, सुनिल थापा यसो भन्छन् …..

ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले उक्त चलचित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् ।

पल शाह प्रकरणका कारण दुर्गेशको सिन काटिएको भनेर आएका समाचारको उनले खण्डन गरे । थापाले भने, ‘खोइ कसरी समाचार लेखिएका हुन् थाहा भएन । सिन काट्ने निर्णय भएको छैन ।’

उक्त चलचित्रमा दुर्गेशको गीत हटाएर जी बबको थपिएको चर्चा पनि असत्य भएको उनले बताए । थापाका अनुसार फिल्ममा दुर्गेशको करिब डेढ मिनेटको केमियो भूमिका मात्रै थियो ।

‘दुर्गेशले ए मेरो हजुर ४ मा कुनै गीत गाएका थिएनन् । खाली एउटा छोटो सिनमा अभिनय गरेका थिए, जसमा उनी गायककै रूपमा देखिएका छन् । अब चलचित्रको प्रिमियममा कस्तो प्रतिक्रिया आउँछ, सिचुयसन कस्तो हुन्छ भन्ने हेरेर मात्रै उनको सिन राख्ने नराख्ने निर्णयमा पुग्छौँ,’ उनले भने ।

दुर्गेश भन्छन् : मेरो फिल्म काटेर फिल्म चल्छ भने चलोस् गायक दुर्गेश भने फिल्ममा आफ्नो सिन काटिएको/नकाटिएको बारे अन्योलमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बताए ।

आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काटेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु ‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काटेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।

२०७९ बैशाख ३, शनिबार प्रकाशित 0 Minutes 176 Views

ताजा समाचार