२०७९ जेष्ठ १३ शुक्रबार

धामीको कु’टा’इबाट ४३ वर्षीया रन्जुलाको मृ’त्यु,,,,,

काठमाडौं: धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए ।

झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।
स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कु’टपि’ट ग’रेको थियो ।

प्रहरी उपरीक्षक चौधरीले झारफुकमा सङ्कलन भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पु¥याइएको बताउनुभयो । “घटनाबारे विस्तृत अनुसन्धान हँुदैछ”, उहाँले भन्नुभयो, “दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।”

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । “धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ”, उहाँले भन्नुभयो, “बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।”

२०७९ बैशाख ३, शनिबार प्रकाशित 0 Minutes 186 Views

ताजा समाचार