२०७९ जेष्ठ १३ शुक्रबार

पलले गायिकालाई आफन्त मार्फत यस्तो प्रस्ताव पठाएपछि बल्ल बयान फेरिन,,,

काठमाडौं । अभिनेता पल शाहविरुद्ध कर णीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि कर णी नभएको बताएकी हुन् ।

अदालतमा बहस गरेका एक कानून व्यवसायीले अ बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् ।

प्रहरीले विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा चाहिँ उनले शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक कर णी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै ज’बरज’स्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् । तर अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् ।

पल निकट स्रोतका अनुसार पीडितले कारागारभित्र रहेका पलबाट बिहेको आश्वासन पाएपछि बयान बदलेकी हुन्। ‘खासमा हिरासतदेखि कारागारसम्म पुग्दा पल पनि निकै कमजोर भइसकेका थिए,’ पल निकट श्रोत भन्छ, ‘कारागारमा भेट्न जाने जसलाई पनि ‘मलाई जसरी पनि यहाँबाट निकाल्नुपर्‍यो’ भन्थे।’

पलले आफ्नो रिहाइका लागि यो मुद्दामा महँगो रकम तिरेर महँगा कानुन व्यवसायी ‘हायर’ नगरेका पनि होइनन्। तर तनहुँ र पूर्व नवलपरासी दुवैतिरको अदालतको थुनछेक बहसले उनलाई धरौटीमा छाड्ने आदेश पनि नआएपछि उनीहरू थाके। बुझिएअनुसार यो बीचमा पल पक्षधरहरू वरिष्ठ अधिवक्तादेखि विभिन्न न्यायाधीशसमक्ष केस ‘सल्टाउन’ सकिन्छ भनेर परामर्श लिन पुगेका थिए।

पलका अधिवक्तादेखि लिएर सबैले पललाई एउटै विकल्प सुनाए, ‘अब यो मुद्दाबाट उम्कने हो भने पीडितलाई बयान फेर्न लगाउनुको विकल्प छैन। जसरी पनि उनलाई फकाउनै पर्छ।’

पललाई थाहा थियो, पीडित नाबालिगले उनलाई गहिरो प्रेम गर्थिन्। सरकारी वकिलसम्म बयान दिँदा पनि उनले यो भनेकी थिइन्। विश्वस्त स्रोतका अनुसार पलले आफू उम्किने कुनै विकल्प नपाएपछि पीडित नाबालिगको बयान फेराउन जेलबाट निस्किएपछि बिहे गर्ने आश्वासन नै दिएका छन्। ‘पीडितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करिअर बर्बाद गर्नुभन्दा मलाई बचाऊ।

म बिहे गर्छु भनेर प्रस्ताव पठाएपछि उनी पग्लिएकी हुन्,’ पल निकट स्रोतले भन्यो, ‘पलले त पहिले पनि यस्तो प्रस्ताव राखेका थिए तर यसपटक पलका बाआमा नै यो प्रस्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सहमति भएको हो। पीडितलाई जाहेरी दिन सहयोग गर्नेहरूलाई दोष देखाएर पललाई जोगाउन रणनीति त्यसपछि रचिएको हो।’

पीडितले बयान फेरेपछि आइतबार दिनभरजसो अदालत परिसरमा पल शाहका पक्षधर मुस्कानसहित खुशीयाली मनाइरहेका थिए, पीडितको पक्षबाट पुगेकी एक अभियन्ताले भनिन्

२०७९ बैशाख ५, सोमबार प्रकाशित 0 Minutes 156 Views

ताजा समाचार