
नाबालिग गायिकालाई ब’ला’त्कार ग’रेको आरोपमा पल शाह हाल पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा छन्। तर पीडितले बयान फेरेसँगै उनी रिहा हुने सम्भावना बढेको छ। यद्यपि अदालतको फैसला नआउँदासम्म यसै भन्न सकिन्न।
अर्थात् पीडित बालिकाले आफूलाई पलले बला’त्का’र नगरेको, अरुको उक्साहट र दबाबमा मुद्दा हालेको बयान दिएपछि परिस्थिति फेरिएको हो। उनले मात्र होइन, जाहेरीकर्ता उनका बुवाले समेत त्यस्तै खालको बयान दिएका छन्।
‘जाहेरवाला पीडितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहोराको बकपत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने तर छोरीलाई कर णी ग रेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान दिए।’
बालिकाका बुवाले पनि छोरीमाथि कर णी नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् । उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन् ।
‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’
पीडित बालिकाले अदालतमा पल निर्दाेष रहेको बताउँदै सबैलाई छक्क पारिन्। उनका अनुसार बकपत्रका क्रममा पल निर्दाेष रहेको तथा अरुको दबाब र प्रभावमा परेर आफूले ब’ला’त्का’र अभियोग लगाएको भन्दै बालिका न्यायाधीशकैसामु रोइन्। एकछिन वातावरणै बेग्लै भएको थियो।