२०७९ जेष्ठ १३ शुक्रबार

फेरी पनि अस्ट्रेलियामा एक युवक मृत भेटिए, शव पठाउन सहयोग संकलन,,हार्दिक श्रद्धाञ्जली !!

सिड्नी/अष्ट्रेलियामा एक नेपाली युवक आफ्नै कोठामा मृत भेटिएका छन् । मंगलबार साझ नर्थ सिड्नीको च्यासवुडमा २४ वर्षिय धिरज रानाभाट मृत भेटिएको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सले जनाएको छ ।

चितवन स्थाई घर भएका धिरज अध्ययनका लागि ४ वर्ष अघि सिड्नी गएका थिए । ब्याचलर इन आइटी पढ्न गएका धिरज भिषाका कारण पछिल्लो समय तनावमा रहेको बुझिएको छ । धिरजको नजिकको साथीलाई उदृत गर्दै असपाली ग्रुपका संचालक सबिनजंग क्षेत्रीले भिषा र आर्थिक समस्याले उनी पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको जानकारी दिनुभयो ।

धिरजको शव नेपाल पठाउन सहयोग गर्ने हो भने यो लिक थिच्नुहोस्
धिरजको शव नेपाल पठाउनका लागि असपाली समुहले गो फण्ड मिमार्फत सहयोग संकलन समेत गरिरहेको छ । २० हजार डलर उठाउने लक्ष्य राखिएको छ, यो समाचार सामाग्री तयार पार्दासम्म ५ हजार डलर संकलन भइसकेको छ । शव पठाएर बाकी रहेको पैसा परिवारलाई हस्तान्तरण गरिने असपालीका क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तो घटना हुनु दुखद भएको भन्दै कुनै पनि समस्या भएमा तत्कालै एनआरएनए वा अन्य सहयोगी निकायसमक्ष सम्पर्क गर्न एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले बताउनुभयो । समयमै थाहा पाएमा यस्ता घटना हुनबाट रोक्न सकिने भएकाले सहयोग माग्न हिचकिचाउन नहुने समेत गुरुङको भनाई छ ।

केही महिना अघि पनि सिड्नीमा २ र पर्थमा १ गरि ३ जना नेपाली मृत भेटिएका थिए । धिरजको शव नेपाल पठाउन सहयोग गर्ने हो भने यो लिक थिच्नुहोस्…..साभार नेपालट्यूव!!

२०७९ बैशाख ७, बुधबार प्रकाशित 0 Minutes 228 Views

ताजा समाचार