२०७९ जेष्ठ १० मंगलवार

सुन भन्दै झुक्याएर फलाम बेच्ने ३ जना पक्राउ, झ्क्याउने तरिका देखेर सबै चकित..

सुन भन्दै झुक्याएर फलाम बेच्ने ३ जना पक्राउ, झ्क्याउने तरिका देखेर सबै चकित..

नक्कली सुन देखाइ ठगी गरेको आरोपमा सिन्धुलीका एकजनासहित गोरखाबाट तीनजना पक्राउ परेका छन् । उनीहरुले फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेको जस्तो भान पार्ने र फकाई फुलाई महिलाहरुसँग रहेको सुनका गरगहना तथा नगद ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका १ का ४१ वर्षीय गन्दिप कुमार बस्नेत, संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ की जुना तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ८ तोला ६५ लाल सुनका गरगहना र नगद ३१ हजार रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक केदार खनालले बताउनुभयो ।

पक्राउ परेकाहरुले सुनजस्तो देखिने धातु बाटोमा फालेर बार्गेनिङ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले गोरखामा पाँच जना सँग नक्कली सुन देखाइ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले गरगहना लगाएको महिलाहरुलाई विशेष टार्गेट बनाइ पिछा गर्ने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

‘गरगहना लगाएको सिधासाधा–मान्छेको पिछा गर्ने, सुनजस्तो टुक्रा खसाल्ने गर्दा रहेछन्, सुन टिपेपछि त्यही ग्रुपको अर्को व्यक्ति पुगेर सुन फेला परेछ कसैलाई नभन्नु भन्दै पीडितसँग बाडेर लिऔँ भनेर बार्गेनिङ गर्दोरहेछन्,’ उहाँले थप्नुभयो ,‘एकान्तमा लगेपछि पीडितलाई खसालेको सुन राख्नु भनेर प्रलोभन पार्ने र यसको साटो पीडितले लगाएको सुन वा नगद मागेर ठगी गर्ने गरेको पायौं ।’

गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो । ‘शंकास्पद अवस्थामा उनीहरुलाइ फेला पा¥यौ,’ उहाँले भन्नुभयोे, ‘नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनीहरुको साथबाट पहेलो रंग लगाएको सुन जस्तो देखिने धातुको पत्ता फेला पा¥यौ ।’ आइतबार पक्राउ परेका तीन जनाविरुद्ध गोरखा अदालतमा ठगी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको उनले बताए ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 0 Minutes 185 Views

ताजा समाचार