२०७९ जेष्ठ १३ शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन्, ‘आ’क्रमण भएको होइन, मोबाइल खसेको हो’

काठमाडौं : भ्रष्टाचार विरोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्र’हा’र भएको उक्त भिडियोमा भनिएको छ । जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्टहरूलाई ठेगान लगाउने भन्दै चर्को भाषण गरेको सुनिन्छ ।

यति बोलिसकेपछि भीडबाट उनलाई केही वस्तु प्र’हा’र भएको देखिन्छ । स्पष्ट नदेखिए पनि उनीमाथि मोबाइल प्र’हा’र भएको भनिएको छ । मोबाइल भनिएको सो वस्तु शाहीको छातीमा ला’गेको देखिन्छ । त्यसपछि एकाएक औँला ठड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् । त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ ।

भिडियोबारे सोधिखोजी गर्दा शाहीले विरोधीहरूले भ्रम फैलाएको प्रतिक्रिया दिए । कार्यक्रममा हेरिरहेका सर्वसाधारणले छतमाथिबाट ताली पड्काउने क्रममा मोबाइल खसेर एक्कासि आफूलाई लाग्न पुगेको उनको दाबी छ । ‘ताली प’ड्का’उँदा छतमाथिबाट मोबाइल मात्रै खसेको हो’, उनले भने, ‘कसैले हा’नेको होइन । बिचरा ताली प’ड्काउँदा खसेको छ, ममाथि किन आ’क्र’म’ण हुनु ?’

उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल खसेर लागिसकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हि’र्कायो । मैले मोबाइल खसेको हो, हि’र्काएको होइन भनेर त्यतिबेला भी’डलाई नै भनेको थिएँ । त्यसको भिडियो पनि हामीसँग छ ।’

मोबाइल ‘खसेर’ शाहीलाई लागेका भनिएका पुरुषलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको बताइएको छ । यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आरोपीलाई छाड्न लगाएको बताए । आरोपी भनिएका व्यक्ति चन्दननाथ नगरपालिकाका सरकारी कर्मचारी भएको उनको भनाइ छ ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 0 Minutes 148 Views

ताजा समाचार