२०७९ जेष्ठ १० मंगलवार

फागाेले फैलाएकाे भ्रमप्रति सदीक्षा लाइभमा (भिडियाेसहित)

मोरङ :

उर्लाबारी नगरपालिका मेयर खड्ग फागोले चुनावको मुखमा फैलाएको भ्रमप्रति सदीक्षा बास्तोलाले यथार्थ कुरा ल्याएर लाइभमा आएकी छिन्। आफ्नो परिवारलाई समेत जोडेर विभिन्न अभिव्यक्ति दिएपछि लाइभ आएकी हुन्।

उनको स्टाटस यस्तो छ : केही समयपछि आउन लागेको लाइभ भिडियोमा मैले के भन्छु होला भन्ने जिज्ञासा पक्कै पनि हजुरहरुलाई लागि रहेको हुनसक्छ। मैले नचाहाँदा नचाहँदै उर्लाबारीको एक ब्यक्ति जो अहिले नगर प्रमुख (mayor) छन्। आफ्नो नीजि स्वार्थको लागि, चुनावको प्रचार गर्न घरमै मिडिया बोलाएर गरेको कुराकानीमा

मलाई इङ्कित गर्दै धेरै टीका टिप्पणी गरेको सुनें,हेरें। जुन स्वीकार गर्न योग्य छैन। यो video हेर्नुहोला जुन केही घण्टा अगाडि मात्र मिडियामा आएको छ, बाउ बाजेको सम्पत्तिमा घमण्ड देखाउँदै आफूले गरेको दुईनम्बरी काम लुकाउँदै आएका यस्ता मानिसप्रति आम नगरबासीले सजक हुन जरुरी छ।

दुई पैसाको लोभमा परी उनको प्रचारप्रसारमा लाग्ने विभिन्न दलका कार्यकर्ता होस्। यात आफूले गरेको पापलाई लुकाउन होस्। ज्यान फालेर उनका अघिपछि दाैडनु छैन, मलाई। हिजाे सय मान्छे अघिपछि लगाएर हिँड्ने उनी अहिले एक दुई मानिसमा सिमित देखिरहेको छु। कस्तो हो, त्यो सबैलाई थाहा छ, बस कोही डराउनुहुन्छ बोल्न त, कोही अझैसम्म गुन्डागर्दी चाहनु हुन्छ, र म त्यो दुईवटै मा पर्दिनँ,र गर्नु परेको छैन। म श्रममा विश्वास गर्छु र श्रम गरेर खान्छु।

‘उ त्यो दाजु म’रेको सदिच्छा को घर’ अनि अझ के रे ? मैले फ्रिमा देको जग्गामा बस्या छन् रे.. लाज सरम भन्ने कुरा छ कि छैन ? नत यो मान्छेले मेरो घर भको जग्गा फ्रीमा देको हो ? नत यो मान्छेसँग नै खरिद गरेको हाे ? कुनै सरोकार नै नभएको आफ्नो नीजि स्वार्थको लागि यस्तो घिन्लाग्दो statement दिने अधिकार मेयर भनेर पाएको हो कि यो पनि अंसमा पाउनु भएको हो ?

अनि हिजो मलाई दुख पर्दा मेरो घर नचिन्ने यस्ताे तुच्छ सोच भएको मानिसलाई आज त्यो दाइ म’रेकाे सदीक्षाको घर भन्ने अधिकार कस्ले दियो ? तिमीहरूको घिनलाग्दो याेजना र राजनीतिमा म र मरो परिवारलाई झुक्याएर र पनि मिसाउन नखोज्नु ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 196 Views

ताजा समाचार